ब्लेण्डर्स प्राइड फेशन टूर 2025 को प्रतिष्ठित संस्करण अनावरण

ब्लेण्डर्स प्राइड फेशन टूरले आफ्नो अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित संस्करण अनावरण गरिरहेको छ जसले ‘द वन एण्ड ओन्ली’ दुनियाँको उत्सव मनाइरहेको छ जहाँ विश्वव्यापी सिर्जनशीलतासित फेशनले मेल खान्छ। फेशन डिजाइन काउन्सिल अफ इण्डिया (एफडीसीआई) सँगको साझेदारीमा 2025 टूरले फेशन, सङ्गीत र मनोरञ्जनको भव्य संयोजन प्रस्तुत गर्नेछ जसमा भारतका फेशन डिजाइनरहरू र स्टाइल आइकनहरूलाई प्रस्तुत गरिनेछ।

रोहित बललाई श्रद्धाञ्जली अर्पण गर्दै गुरुग्रामबाट आरम्भ हुने यस टूरमा मुम्बईमा तरुण तहिलियानी, चण्डीगढ़मा कणिका गोयल र ज्याकलिन फर्नाण्डेज; गुवाहाटीमा टाइगर श्राफसित जयवकिङ साथै विजागमा तमन्ना भाटिया अनि अक्षित बन्सलको ब्लोनी प्रदर्शित गरिनेछ। प्रत्येक शहरमा फेशन, कला र प्रविधिको संयोजन गरेर अद्वितीय प्रदर्शनीहरू आयोजना गरिनेछ।

पर्नोड रिकर्ड इण्डियाका कार्तिक मोहिन्द्राले फेशन अनुभवलाई पुनर्परिभाषित गर्ने साहसी कदमको रूपमा यस टूरलाई चित्रण गरेका छन् भने एफडीसीआईका चेयरम्यान सुनील सेठीले भारतीय फेशनको भविष्य निर्माण गर्न यस टूरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। क्युरेटर आशीष सोनीले यसलाई सिर्जनात्मकता र नवीनताले भरिएको एउटा प्रभावकारी मञ्चको रूपमा सराहना गरे।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *