Breaking
Fri. Mar 6th, 2026

अलिपुरद्वार जेलमा गणतन्त्र दिवसको तयारी

टेबलअघि बसेर खाकी पोसाक लगाएका व्यक्तिहरू शिर हल्लाउँदैछन् र तिनीहरूको सामुन्ने जो जो व्यक्ति बसेका छन् तिनीहरू लगभग सबै अपराधी हुन्। कसैको दण्ड तोकिएको छ भने कसैको मुद्दा चलिरहेको छ। तर पुलिस कर्मचारीको चिन्ता यी सबै होइन। तिनीहरूको समस्याको कारण भनेकै देशभक्ति गीतको सुर तालमा यी जेल बन्दीहरूको स्वर मिलिरहेको छैन। अब केही दिनपछि गणतन्त्र दिवसको अवसरमा अलिपुरद्वार जेलमा विशेष कार्यक्रम हुनेछ। अहिले त्यसको तयारी चलिरहेको छ। त्यही दिन गीतसितै महिलाहरूका लागि मटकी फोड़ प्रतियोगिता हुनेछ। पुरुषहरूका लागि क्रिकेटलगायत अन्य खेलहरूको आयोजना गरिनेछ। विशेष पुरस्कारहरूको व्यवस्था गरिएको छ। पुलिसको अभिलेखमा जस्तै आरोप नै किन नहोस् अहिले सबै आरोप एउटै केन्द्रित छ- फलानाको स्वर गीतमा सही बसिरहेको छैन। पुलिस कर्मचारीहरूमध्ये जसलाई यी विषयमा दक्षता छ तिनीहरूलाई जेल बन्दीहरूलाई सांस्कृतिक कार्यक्रमको तालिम दिने विशेष जिम्मेवारी दिइएको छ। कस कसले भाग लिने भनेर निर्धारण गर्न चासो राख्नेहरूको अडिसन गरिएको छ। त्यसपछि अहिले पुलिस कर्मचारीको निर्देशन सुनेर जेल बन्दीहरूले सिकिरहेका छन् कि कुन गीतको कुन ठाउँमा कस्तो सुर लगाउनुपर्छ।

अलिपुरद्वार जेलमा यसपल्ट गणतन्त्र दिवसको अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितामा देशभक्ति गीतहरूलाई प्राथमिकता दिइएको छ। जो राम्रो गीत गाउन सक्छन्, पहिले तिनीहरूको सूची तयार पारिएको छ। त्यसपछि कस-कसले कुन गीत गाउनेछन्, त्यसको सूची बनाइएको छ। अहिले तालिमको चरण चलिरहेको छ। जेलको कार्यक्रम भएकाले सुरक्षा व्यवस्था कठोर त हुनेछ। तसर्थ जेल बन्दीहरूले कस्तो प्रदर्शन गर्नेछन् भन्ने विषयमा जेल प्रशासनले केही पनि भन्न चाहेको छैन। अलिपुरद्वार जेलका सुपरिण्टेण्डेण्च कौशिक सरकारले भने, गणतन्त्र दिवसमा जेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय झण्डोत्तोलनपछि कार्यक्रममा जेलबन्दीहरू सहभागी हुनेछन्। कैदीहरूका लागि सांस्कृतिक कार्यक्रम साथै मनोरञ्जनात्मक विभिन्न कार्यक्रमहरू पनि हुनेछन्।

जेलको कठोर नियमकानून र सुरक्षाबीच सामान्यतया प्रत्येक दिन कैदीहरूले तोकिएको रुटिन अनुसार काम गर्नुपर्छ। साथै न्यायालयको आदेश पालना गर्दै हाजिरी दिनुपर्छ। अहिले ती सबैबीच गणतन्त्र दिवसको तयारी भइरहेको छ। जेल सूत्रअनुसार अन्य वर्षहरूमा नृत्य कलाकार, गायक, साथै वाचन कलाकारहरूले पनि प्रदर्शन गर्थे। यसपल्ट भने नृत्य कलाकार उपलब्ध भएन। तर दण्ड भोगिरहेका धेरै कैदीहरू गीत गाउन जान्दछन्। त्यस प्रतिभालाई निखार्न पुलिस कर्मचारीहरू नै लागिपरेका छन्। यसअघि अलिपुरद्वार जेलका एकजना पुलिस कर्मचारीको गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो। पुलिस कर्मचारीहरूमध्ये धेरैले गीत गाउन जान्दछन्। तिनीहरूले नै अहिले प्रशिक्षण दिइरहेका जानकारी प्राप्त भएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *