Breaking
Sat. Mar 7th, 2026

दोस्रो अन्तर जिल्ला महिला फुटबल च्याम्पियनसिप सिलगढीमा सुरु भएको छ

सिलगढी : महिला खेलकुद संघ पश्चिम बंगालले सिलगढीमा दोस्रो अन्तर-जिल्ला महिला फुटबल च्याम्पियनसिप आयोजना गरेको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा शुक्रबारदेखि तीनदिने फुटबल च्याम्पियनसिपको शुभारम्भ भएको छ।

च्याम्पियनशिपको उद्घाटनमा राज्यसभा सांसद डोला सेन, दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयल, एसडीओ अवध सिंघल, सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकार, एमएमआईसी दिलीप बर्मन र अन्य प्रमुख व्यक्तित्वहरू उपस्थित थिए।

आज राज्यसभा सांसद डोला सेनले सबै महिला खेलाडीहरूसँग हात मिलाएर फुटबलको किक हान्दै खेल सुरु गरेकी हुन्। पछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रदेशका मुख्यमन्त्री ममता बनर्जीको प्रयासले बंगालभर बालिकाका लागि खेल मैदान बनाउने प्रयास भइरहेको बताए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *