Breaking
Sat. Mar 7th, 2026

प्रत्येक फूटबलरलाई रोजगारको घोषणा

मङ्गलवार सन्तोष ट्रफी जितेर भारतको सर्वश्रेष्ठ टोली बन्यो बङ्गाल। बिहीवार प्रशिक्षक सञ्जय सेनसहित सम्पूर्ण टोलीले नवान्न पुगेरर मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट्यो। त्यहाँ बङ्गाल फूटबल सङ्घ (आईएफए) का पदाधिकारीहरू पनि उपस्थित थिए। उक्त भेटघाटपछि मुख्यमन्त्रीले प्रत्येक फूटबल खेलाड़ीका लागि रोजगारको घोषणा गरिन्।

बिहीवार साँझ मुख्यमन्त्रीसित भेट गर्न सन्तोष ट्रफी जिताउने रवि हाँसदा, नरहरि श्रेष्ठ र चाकु माण्डीहरू पुगे। तिनीहरूले ट्रफी पनि लगेका थिए। उक्त ट्रफीसित ममता, प्रशिक्षक र खेलाड़ीहरूले सामूहिक फोटो खिचाए। खेलकुद मन्त्री अरूप विश्वासले सरकारको तर्फबाट खेलाड़ीहरूलाई ब्लेजर प्रदान गरे। प्रशिक्षक, खेलाड़ीहरू र सपोर्ट स्टाफ सबैलाई ब्लेजर दिइयो। सन्तोष ट्रफी जित्ने टोलीका लागि मुख्यमन्त्री ममता ब्यानर्जीले 50 लाख रुपियाँ पुरस्कार घोषणा गरिन्।
खेलाड़ीहरूलाई सम्बोधन गर्दै ममताले भनिन्, तिमीहरूले जुन ट्रफी ल्याएका छौ, यो केवल एउटा ट्रफी होइन, यो बङ्गालको गर्व हो। यदि तिमीहरूले राम्ररी खानपिन गर्यौ र राम्ररी अभ्यास गर्यौय भने एक दिन विश्वकप पनि खेल्न सक्नेछौ भन्ने मेरो विश्वास छ। त्यसपछि खेलकुद मन्त्रीलाई ममता ब्यानर्जीले प्रत्येक खेलाड़ीको लागि खेलकुद विभागमा रोजगारको व्यवस्था गर्ने निर्देश दिइन्। साथै तिनले रोजगारको कारण खेलाड़ीहरूको खेलमा कुनै प्रभाव नपरोस् भनेर सतर्क गराइन्। सम्मानस्वरूप दिइने रोजगार तिनीहरूलाई आर्थिक सहयोग गर्नका लागि हो। यस्तो रोजगार प्रदान गर्न भनिएको छ जसले तिनीहरूले आफ्नो खेललाई प्राथमिकता दिन सकून्। मङ्गलवार केरलालाई पराजित गरेर बङ्गालले सन्तोष ट्रफी जितेको थियो। सन् 2016-17 सिजनपछि पुनः फूटबलमा बङ्गाल भारतको सर्वश्रेष्ठ टोली बनेको छ। बङ्गालले यो ट्रफी 33 पटक जितिसकेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *