Breaking
Fri. Mar 6th, 2026

दक्षिण दिनाजपुर जिल्ला प्रहरीको पहलमा म्याराथन दौड

दक्षिण दिनाजपुर : वर्षको अन्तिम दिन दक्षिण दिनाजपुर जिल्ला प्रहरीको पहलमा म्याराथन आयोजना गरिएको थियो। ‘रन फर अवेयरनेस सेफ ड्राइभ सेभ लाइफ’ नामक प्रतियोगितामा आधारित म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो। दौडको मुख्य उदेश्य मानिसमा ट्राफिक नियम सम्बन्धी चेतना जगाउनु हो, जसले गर्दा दुर्घटना न्यूनीकरण गरी जनताको जीवन बचाउन सकिन्छ।

यस दौडमा दक्षिण दिनाजपुर जिल्ला मजिस्ट्रेट बिजिन कृष्ण, दक्षिण दिनाजपुर जिल्लाका प्रहरी उपरीक्षक चिन्मय मित्तल थिए । तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

बालुरघाट रंगशालाबाट पूरै सहरको परिक्रमा गरेपछि यो म्याराथन दौड फेरि बालुरघाट रंगशालामा समापन भएको हो । महिला र पुरुष गरी दुई विधामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको थियो । उक्त दौडमा जिल्लाका हजारौं युवा युवतीहरुको सहभागिता रहेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *