एक्सरे मेसिन उद्घाटन

जलपाईगुडी : जलपाईगढी नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा आज एक्स-रे मेसिनको उद्घाटन गरिएको छ। यो नयाँ एक्स-रे सेवा जलपाईगुडी नगरपालिकाले स्थापना गरेको हो। नगरको कांग्रेसपाडास्थित नगरपालिका स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बीच यसको उद्घाटन गरिएको हो। 

यसै सन्दर्भमा उपसभापति सैकत चट्टोपाध्यायले यस स्वास्थ्य केन्द्रमा आजबाट एक्स–रे सेवा शुरु गरिएको जानकारी दिए। आगामी दिनमा विभिन्न वडाका १० वटा केन्द्रमा एक्स–रे सेवा सुरु गरिनेछ। कार्यक्रममा पार्षद मनिन्द्र बर्मन लगायत नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *