भारतको सम्पत्ति व्यवस्थापन क्षेत्रमा एउटा प्रमुख संस्था युटीआई एसेट म्यानेजमेण्ट कम्पनी (युटीआई एएमसी) ले 26 दिसम्बर 2024 मा सिक्किमको गान्तोकमा नयाँ युटीआई फाइनेन्सियल सेण्टर (युएफसी) खोल्ने घोषणा गरेको छ। दक्षिण, पूर्व र उत्तर भारतभरि 16 वटा नयाँ युएफसीहरू खोल्ने ठूलो पहलको यो एउटा हिस्सा हो। सिक्किमको तादोङ बजार, एनएच-10, एस. के. इण्टरप्राइज, पहिलो तल्ला, एनबीबीडी कलेजनजिक, पूर्व सिक्किममा गान्तोक शाखा खोलिनेछ।
युटीआईको वित्तीय समावेशीकरण प्रवर्द्धनको मिशन अनि बी30 शहरहरू साथै त्यसभन्दा बाहिरका मानिसहरूलाई म्युचुअल फण्डमा लगानीको पहुँचलाई सजिलो बनाउने लक्ष्यतर्फ यो विस्तार केन्द्रित छ। युटीआई एएमसीका एमडी अनि सीईओ श्री इम्तियाजुर रहमानले भने, विशेष गरेर बी30 शहरहरूमा म्युचुअल फण्ड सहभागिता उल्लेखनीय रूपले वृद्धि भएको छ। हाम्रो विस्तार रणनीतिले वित्तीय सेवाहरूलाई सरल बनाउने र म्युचुअल फण्डमा लगानीका लाभहरूबारे जनचेतना बढ़ाउने उद्देश्य राख्दछ।
गान्तोकको यस नयाँ युएफसीले स्थानीय मानिसहरूसमक्ष वित्तीय उत्पादहरू पुर्याोउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। लगानीका अवसरहरूमा बढ्दो चासोको स्थितिबीच गान्तोकको केन्द्रले क्षेत्रमा वित्तीय साक्षरता अनि लगानी संस्कृतिलाई वृद्धि गर्दै म्युचुअल फण्ड बजारमा प्रवेश गर्न चाहने वासिन्दाहरूलाई विशेष समाधानहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।