Breaking
Mon. Dec 23rd, 2024

फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा क्रिसमसको तयारी सुरु भएको छ

जलपाईगुडी : २५ डिसेम्बरका दिन विश्वभर हर्षोल्लासका साथ क्रिसमस मनाइनेछ। क्रिसमस आउन केही दिन मात्रै बाँकी रहेकाले यसको तयारी तिब्र रुपमा सुरु भएको छ। क्रिस्चियन धर्मावलम्बीहरूले मनाउने सबैभन्दा ठूलो चाड क्रिसमस हो। अन्य धर्मका मानिसहरूले क्रिसमस मनाउँछन्।

यसको तयारी धेरै पहिले देखि सुरु हुन्छ। फ्रेन्ड्स ब्याप्टिस्ट चर्च जलपाईगुडीको नयावस्ती क्षेत्रमा अवस्थित छ। फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा प्रभु येशूको जन्मदिनको अवसरमा एक महिनाको उत्सव मनाइने छ, जसको शुरुवात प्रार्थना र विभिन्न सांस्कृतिक कार्यक्रमबाट हुनेछ।

जलपाईगुडी फ्रेन्ड्स ब्याप्टिस्ट चर्चको तर्फबाट, पल दासले भने, ठूलो दिन अगाडि छ। प्रभु येशुको जन्मजयन्ती मनाउन अगावै चर्च सजाइँदैछ, दिनहुँ बालबालिकाका कार्यक्रमको रिहर्सल चलिरहेको छ। उनले त्यो बताए येशुको सन्देश फैलाउने कार्यक्रम आयोजना गर्नुका साथै नृत्य गीत पनि प्रस्तुत गरिने छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *