Breaking
Sun. Dec 22nd, 2024

टाटा स्टारबक्सद्वारा गान्तोकमा पहिलो स्टोरको घोषणा

टाटा स्टारबक्सले गान्तोकमा आफ्नो पहिलो स्टोर खोल्ने घोषणा गरेको छ। सिक्किमको सबैभन्दा अग्लो व्यावसायिक भवनमा अवस्थित यस स्टोरबाट कञ्चनजङ्घा हिमाल शृङ्खलाको मनमोहक दृश्य देख्न सकिन्छ। आजदेखि खोलिने यस स्टोरले ग्राहकहरूलाई शहरको प्राकृतिक सौन्दर्यको आनन्द उठाउने उपयुक्त स्थान प्रदान गर्दछ। भर्खरै आरम्भ गरिएको क्लासिक्स हट एण्ड कोल्ड कफी मेन्युमा सामेल गरिएको छ। यससितै छुटाउन नमिल्ने स्टारबक्सको प्रमुख पेयजस्तै भेनिला लाटे, क्यारामेल माकियातो, कोर्टाडो र जाभा चिप फ्राप्पुचिनो पनि उपलब्ध छन्। यी सबै पेय प्रिमियम क्वालिटीका अरेबिका बिन्सबाट तयार गरिन्छ जसलाई विश्वभरबाट ल्याइन्छ। ग्राहकहरूले आफ्नो कफीसितै विभिन्न स्वादिष्ट खाद्य परिकारहरू पनि लिन सक्छन् जसमा बासिल टोमेटो स्यान्डविच, मसरुम मेल्ट स्यान्डविच, रोस्ट चिकन स्यान्डविच र अन्य सामेल छन्।

काठको सजावटले निर्मित यस स्टोरको डिजाइनमा क्षेत्रीय प्रेरणा छ। यहाँको शान्त वातावरणले स्थानीय र पर्यटक दुवैलाई न्यानो र स्वागतजन्य अनुभवको अवसर प्रदान गर्दछ। डेकोरले मूल रूपमा स्टारबक्सको कफी परम्परा र गान्तोकको प्राकृतिक आश्चर्यलाई राम्ररी मिश्रण गरेर प्रस्तुत गरेको छ।

टाटा स्टारबक्सका चिफ अपरेटिङ अफिसर अद्रित मिश्रले भने, “गान्तोकमा हाम्रो पहिलो स्टारबक्स स्टोर खोल्न पाउँदा हामी खुशी छौँ। यसको मनमोहक परिवेशसितै हाम्रो हस्ताक्षर तेस्रो स्थान अनुभवको खुशी मनाउँदैछौँ। गान्तोकस्थित टाटा स्टारबक्स स्टोर हप्ताभरि बिहान 8 देखि राति 10 बजीसम्म खुल्ला रहनेछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *