Breaking
Mon. Dec 23rd, 2024

एफजीआईएलआईसीएल ले गान्तोकमा बीमा जागरूकता र वित्तीय समावेशी पहल चलाउँछ

फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एफजीआईएलआईसीएल) बीमा क्षेत्रमा एउटा विश्वासिलो नाम र सिक्किमका लागि एउटा प्रमुख बीमाकर्ता हो। कम्पनीले आज गान्तोकको देउरालीस्थित नयाँ पञ्चायत कार्यालय भवनको सभा कक्षमा बीमा सचेतना र विस्तारका लागि सफलतापूर्वक कार्यक्रम सम्पन्न गऱ्यो। उक्त कार्यक्रममा गान्तोक र पाक्योङ जिल्लाका 51 ग्राम पञ्चायत एकाइका 160 प्रतिनिधिहरू अनि रुरल डेभलपमेण्ट डिपार्टमेण्ट (आरडीडी) का अधिकारीहरू सहभागी भएका थिए। यो कार्यक्रम भारतभरि समुदायहरूमा वित्तीय समावेशीकरण बढ़ाउने अनि बीमा तथा सामाजिक सुरक्षाको महत्त्वबारे जागरूकता फैलाउने फ्युचर जनराली इण्डिया लाइफ इन्स्योरेन्सको प्रतिबद्धताको हिस्सा थियो। स्थानीय प्रशासनिक निकायहरू र आरडीडी अधिकारीहरूलाई एकै ठाउँमा ल्याएर गरिएको यस पहलले सिक्किमका सबै कुनामा बीमा पुऱ्याउने र नागरिकहरूलाई आवश्यक वित्तीय सुरक्षासितै सशक्त बनाउने लक्ष्य राखेको थियो। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सले कार्यक्रम अवधि भारत सरकारको “2047 सम्म सबैका लागि बीमा” दृष्टिबारे चर्चा गऱ्यो। यस दृष्टिले विशेष गरी ग्रामीण समुदायहरूलाई लाभ पुऱ्याउँदै सबैलाई बीमा कवरेज सुनिश्चित गर्ने उद्देश्य राखेको छ। कम्पनीले ग्रामीण तथा सुदूर टाढ़ाका क्षेत्रहरूमा बीमाको बढ्दो आवश्यकता र अप्रत्याशित परिस्थितिहरूमा वित्तीय सुरक्षाको महत्त्वलाई जोड़ दिएको छ।

विगतका वर्षहरूमा फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सले नुक्कड नाटक, बाहिरी प्रदर्शन, स्थानीय समूहहरू जस्तै ट्याक्सी चालक सङ्घसित सहकार्य जस्ता समुदाय-केन्द्रित पहलहरूमार्फत सिक्किममा सक्रिय रूपमा बीमा सचेतनालाई प्रवर्द्धन गरेको छ। त्यससितै कम्पनीले विद्यालय र कलेजमा कार्यक्रमहरू आयोजना गरी जीवन बीमामार्फत वित्तीय भविष्य सुनिश्चित गर्न चासो जगाउने प्रयास चलाएको छ। यी प्रयासहरूलाई स्थानीयहरूको विराट सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भयो। यस पहलबारे बोल्दै फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सका एमडी तथा सीईओ श्री आलोक रुङ्गटाले भने, “हामी सिक्किममा बीमा सचेतना फैलाउन अनि विस्तार गर्न प्रतिबद्ध छौँ। सिक्किमका ग्राम पञ्चायत एकाइहरू अनि आरडीडीसित सहकार्य गर्न पाउँदा गर्वित छौँ। राज्यको प्रत्येक क्षेत्र, विशेष गरेर ग्रामीण क्षेत्रहरूमा बीमा पुऱ्याउनु हाम्रो ध्यान केन्द्रित छ। हामी ग्रामीण जनसङ्ख्याका लागि बनाइएका विशेष बीमा योजनाहरू उपलब्ध गराउने प्रयास गर्नेछौँ र यस्तो कार्यक्रम 2047 सम्म सबैका लागि बीमाको साझा लक्ष्य हासिल गर्ने दिशामा एक पाइला अघिल्तिर बढ़ाउनु हो।”

पञ्चायत डाइरेक्टर श्री तेञ्जिङले भने, “यो कार्यक्रम अत्यन्त सफल रह्यो। स्थानीय प्रशासन अनि रुरल डेभलपमेण्ट डिपार्टमेण्टसित सहकार्य गरेर चलाइएको प्रयासका लागि हामी फ्युचर जनराली इण्डिया लाइफ इन्स्योरेन्सप्रति आभारी छौँ। व्यक्तिगत अनि समुदायहरूको भविष्य सुरक्षित गर्ने एउटा शक्तिशाली उपकरण हो बीमा। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सले ग्रामीण सिक्किममा यस अभियानलाई प्रवर्द्धन गरेको देखेर प्रेरणा प्राप्त भएको छ। यस सहकार्यले बीमा सेवाहरू सिक्किमका जनतासमक्ष पुऱ्याउन सहयोग गर्नेछ अनि भविष्यमा तिनीहरूको वित्तीय सुरक्षालाई सुनिश्चित गर्नेछ।” फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सले कार्यक्रममा आफ्ना प्लानहरूको विस्तृत विवरण प्रस्तुत गर्दै सहभागीहरूलाई वित्तीय भविष्य सुरक्षित गर्न उपलब्ध लङ्ग-टर्म इन्भेष्टिङ प्लान जस्ता बीमा योजनाहरूको सीमा बुझ्न सहयोग गऱ्यो। व्यक्तिगत जीवनको विभिन्न चरणहरूको आवश्यकतालाई ध्यानमा राखेर यी प्लानहरू डिजाइन गरिएका छन् जसले वित्तीय सुरक्षा र दीर्घकालीन योजनाका लागि अनुकूलित समाधानहरू प्रदान गर्छन्। बीमा सचेतना अनि विस्तारका लागि गान्तोकमा सम्पन्न कार्यक्रममार्फत कम्पनीले बीमाको माध्यमबाट सिक्किमका ग्रामीण समुदायहरूको वित्तीय सुरक्षा सुनिश्चित गराउन महत्त्वपूर्ण कदम चालेको छ। फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्स, पञ्चायत विभाग र रुरल डेभलपमेण्ट डिपार्टमेण्टको संयुक्त प्रयासले सबैलाई बीमाको कभरेज लक्ष्यतर्फ राज्य अझ नजिक पुगेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *