Breaking
Mon. Dec 23rd, 2024

मटेली ब्लकमा प्रवासी पक्षीहरूको आगमन

शीतकालमा प्रवासी पक्षीहरूको आगमनले पक्षी प्रेमीहरूलाई खुशी बनाएको छ। गजलडोबापछि मटेली ब्लकमा प्रवासी पक्षीहरूको आगमन भएको हो। मटेली ब्लकको लाटागुड़ी वन क्षेत्रनजिक छायाफेली क्षेत्रको नेउरा नदी किनारमा यी प्रवासी पक्षीहरू देखिए। नेउरा नदी किनार अहिले प्रवासी पक्षीहरूको बसोवास स्थानमा परिणत बनेको छ।

नदीको किनारमा रुडी शेलडक, ग्याड वाल, मर्गन्सर, साइबेरियाली स्टोनच्याट लगायत विभिन्न प्रजातिका प्रवासी पक्षीहरू देखिन्छन्। यद्यपि यी सबै प्रवासी पक्षीहरूको सुरक्षा विषयमा पर्यावरण प्रेमीहरू चिन्तित छन्। प्रवासी पक्षीहरूको बसोवास क्षेत्रसित जोड़िएको क्षेत्रमा वन विभागको नियमित गस्तीको आवश्यकता रहेको तिनीहरू बताउँछन्। पक्षी प्रेमी किरण शर्माले भने, विभिन्न प्रजातिका प्रवासी पक्षीहरूको आगमन छायाफेलीको नेउरा नदी किनारमा भएको छ। यो सुखद समाचार हो। प्रवासी पक्षीहरूको सुरक्षा सुनिश्चित गर्न त्यहाँका स्थानीय जनतालाई सचेत गराउनुपर्छ साथै वनकर्मीहरूको नियमित गस्ती आवश्यक छ।

मटेली ब्लकका युवा कल्याण विभागका अधिकारी अर्णव भट्टाचार्यले भने, उक्त क्षेत्रमा घुम्न जाँदा पहिलोपटक प्रवासी पक्षीहरू देखेको थिएँ। यसअघि छायाफेली क्षेत्रमा प्रवासी पक्षीहरू कहिल्यै देखेको थिइनँ। यो पहिलोपटक हो जब मैले तिनीहरूलाई देखेँ। यस विषयमा लाटागुड़ीका रेञ्जर सञ्जय दत्तले उक्त क्षेत्रमा वनकर्मीहरूको नियमित गस्ती हुने बताएका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *