Breaking
Mon. Dec 23rd, 2024

पीड़ित परिवारलाई जमीन पट्टा वितरण

राष्ट्रिय राजमार्गको विस्तारबाट प्रभावित परिवारहरूलाई सिलगढ़ी नगर निगमले जमीनको पट्टा वितरण गरेको छ। परियोजनाको कारण आफ्नो घर छोड्न बाध्य परिवारहरूलाई वैकल्पिक घरको अवसर प्रदान गर्न जमीन वितरण गरिएको बताइएको छ। अहिले मतिगढ़ादेखि सालुगढ़ासम्म फोर लेन राष्ट्रिय राजमार्गको परियोजनाको कार्य चलिरहेको छ। यस परियोजनाको कारण 45 र 2 वार्डका 31 परिवारहरूले आफ्नो घर गुमाएका थिए। पी प्रभावित परिवारहरूलाई सहयोग गर्न सिलगढ़ी नगर निगमले जमीनको पट्टा वितरण गरेको हो।

बिहीवार सिलगढ़ी नगर निगमका मेयर गौतम देवले अन्य अधिकारी अनि काउन्सिलहरूसित मिलेर नगर निगम कार्यालयमा यी प्रभावित परिवारहरूलाई जमीनको पट्टा वितरण गरे। राज्य सरकारले यी प्रभावित परिवारहरूलाई 46 वार्डमा जमीन प्रदान गरेको छ। मेयर गौतम देवले यी परिवारहरूलाई राज्य सरकारको आवास परियोजनामार्फत घर उपलब्ध गराउने आश्वासन दिएका छन् त्यससितै यी परिवारहरूलाई राम्रो आवासीय सुविधाहरू उपलब्ध गराइने पनि तिनले वचन दिएका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *