Breaking
Fri. Mar 6th, 2026

बक्सिरहाट प्रहरीको ठूलो सफलता, ठूलो परिमाणमा गाँजा बरामद

कोच बिहार : कुचबिहारको बक्सिरहाट थानाको पुलिसलाई फेरि सफलता हात लागेको छ। बक्सिरहाट थानाको जोराई चौकीले चार पाङ्ग्रे गाडीको गोप्य कोठाबाट ३० किलो गाँजा बरामद गरेको छ, जसको अनुमानित बजार मूल्य करिब लाखौं रुपैयाँ रहेको छ। प्रहरी गाँजा तस्करीको आरोपमा प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ।

मंगलबार राति असम–बङ्गाल सीमामा रहेको राष्ट्रिय राजमार्ग नम्बर ३१ मा रहेको भाङ्गपकारी नाका पोइन्टबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो। प्रहरी स्रोतका अनुसार नियमित नाक चेकजाँचका क्रममा असमबाट आएको चारपाङ्ग्रे गाडी सिरियल नम्बर AS-19S4520 लाई ड्युटीमा रहेका प्रहरीले रोकेर गाडीको चेकजाँच गर्दा गाडीको गोप्य कोठाबाट करिब ३० केजी गाँजा बरामद भएको थियो।

 पछि तुफानगञ्ज उप-डिभिजनका उप-जिल्हाधिकारीको उपस्थितिमा गांजा तौलिएको थियो। यस घटनामा बिहारका बस्ने चालक अरुण कुमारलाई प्रहरीले गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *