Breaking
Mon. Dec 23rd, 2024

राष्ट्रिय शिक्षा दिवस: टीकेएम ले शिक्षा पहलहरू विस्तार गर्दछ

राष्ट्रिय शिक्षा दिवस मनाउने क्रममा टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले प्रभावकारी पहलहरूको विस्तृत श्रृंखला मार्फत भारतमा कौशल अन्तरलाई पूरा गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छ। कर्नाटक र भारतभरि आर्थिक रूपमा पिछडिएका युवाहरूको सशक्तिकरणमाथि जोड़ दिँदै टीकेएमको शैक्षिक र व्यावसायिक प्रशिक्षण कार्यक्रमहरूले रोजगारीका लागि मार्गहरू सिर्जना गरिरहेका छन् र आत्मनिर्भरतालाई बढावा दिँदै भारतको औद्योगिक विकासमा योगदान दिइरहेका छन्। टीकेएमको मिसनको प्रमुख स्तम्भ २००७ मा स्थापित टोयोटा प्राविधिक प्रशिक्षण संस्थान (टीटीटीआई) हो। १५ वर्षभन्दा अधिक समयदेखि टीटीटीआईले अटोमोबाइल निर्माणमा विशेषज्ञता हासिल गरी आर्थिकरूपमा विपन्न वर्गका युवाहरूलाई निःशुल्क, उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको छ। संस्थानले तीन वर्षको एक कठोर आवासीय प्रशिक्षण कार्यक्रम प्रदान गर्दछ जसले प्राविधिक कौशलमात्र निर्माण नगरेर विद्यार्थीहरूको समग्र विकासमाथि पनि ध्यान केन्द्रित गर्दछ। पाठ्यक्रमले व्यवहारिक प्रशिक्षण, विश्वव्यापी उत्पादन अभ्यासहरूको गहिरो बुझाइ र भौतिक अनि समुदाय-निर्माण गतिविधिहरूमा सक्रिय संलग्नतामाथि जोड दिन्छ।
दक्ष प्राविधिकहरूको बढ्दो मागलाई सम्बोधन गर्न र महिला सशक्तिकरलाई समर्थन गर्नलाई टीकेएमले हालैमा ६०० महिला छात्रहरूका निम्ति विशेष सुविधाहरूसितै टीटीटीआईको क्षमतालाई दोब्बर गर्दै १२०० छात्र बनाएको छ। यस विस्तारले सबै विद्यार्थीहरूको लागि व्यापक शिक्षण वातावरण सुनिश्चित गर्दै उन्नत आवासीय सुविधाहरू, उन्नत कक्षा कोठाहरू र नवीनतम उपकरणहरू समावेश गर्दछ।

‘कौशल इन्डिया’ प्रतिको आफ्नो प्रतिबद्धता अनुसार, टीकेएमले “सिक्नुहोस् र कमाउनुहोस्” मोडेल अन्तर्गत दुई वर्षको पाठ्यक्रम, टोयोटा कौशल्य कार्यक्रम ल्याएको छ। कार्यक्रमले टोयोटाका सुविधाहरूमा कक्षाकोठाको ज्ञानलाई अन-द-जब तालिम (ओजेटी) सँग जोडेर विद्यार्थीहरूलाई सिक्न साथै आम्दानी गर्ने अनुमति दिएर टीटीटीआईको नियमित प्रस्तावहरूलाई पूरक बनाउँछ। ग्रामीण कर्नाटकका प्रतिभाशाली युवाहरूको लागि डिजाइन गरिएको, कौशल्य कार्यक्रमले विद्यार्थीहरूलाई आजको रोजगारी बजारमा आवश्यक विशेष सीपहरू र मूल्यवान उद्योग अनुभव प्रदान गर्दै उनीहरूको रोजगारीमा उल्लेखनीय वृद्धि गर्दछ।टीकेएमको समर्पण यसको टोयोटा प्राविधिक शिक्षा कार्यक्रम (टीटी-ईपी) मा स्पषवट छ जुन समग्र भारतभरिका औद्योगिक प्रशिक्षण संस्थानहरूसँगको सहकार्यमा प्रष्ट हुन्छ। टीटी-ईपी मार्फत, टीकेएमले ६० केन्द्रहरू स्थापित गरेको छ, जसले राष्ट्रव्यापी रूपमा १३,००० भन्दा अधिक विद्यार्थीहरूलाई लाभान्वित गरेको छ। यो कार्यक्रमले टोयोटा डिलरशिपहरूमा व्यावहारिक सीप विकासको साथमा एक सशक्त प्राविधिक पाठ्यक्रम प्रदान गर्दछ, जसले विद्यार्थीहरूलाई उन्नत अटोमोटिभ प्रविधिहरू र उद्योग-मानक अभ्यासहरूसँग प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्षम बनाउँछ। अन्तर-सांस्कृतिक कौशल विकासलाई सहज बनाउने प्रयासमा, टीकेएमले प्राविधिक आन्तरिक प्रशिक्षण कार्यक्रम ((टीटी-ईपी) मा पनि भाग लिन्छ, जसले छनोट भएका कर्मचारीहरूलाई छ महिनादेखि पाँच वर्षसम्मको अवधिमा जापानमा अन-द-जब प्रशिक्षण मार्फत अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न अनुमति दिन्छ। ज्ञान र विशेषज्ञता दुई राष्ट्रहरू बीच निर्बाध रूपमा प्रवाहित हुनाले यस आदानप्रदानले प्राविधिक दक्षताहरूलाई मात्र बलियो बनाउँदैन तर भारत र जापान बीचको गहिरो सहयोगलाई पनि बढावा दिन्छ।‌

टोयोटा किर्लोस्कर मोटरको कार्यकारी उपाध्यक्ष, वित्त र प्रशासन श्री जी. शंकराले भने, “हामीले राष्ट्रिय शिक्षा दिवस २०२४, टीकेएममा मनाउने क्रममा, हाम्रो प्रतिबद्धता केवल व्यापारभन्दा बाहिर विस्तारित छ; हामी आजीवन सिकाइको बढुवा दिन र विविधता, समानता र सबैका लागि अवसरलाई महत्त्व दिने समावेशी वातावरण बनाउन समर्पित छौं। गुणस्तरीय शिक्षा र व्यापक सीप विकासलाई प्राथमिकता दिएर, हामी युवाहरूलाई समाजको सशक्त, उत्पादनशील सदस्यमा रूपान्तरण गर्ने लक्ष्य राख्छौं। हाम्रा पहलहरूले व्यक्तिगत वृद्धिलाई मात्र समर्थन गर्दैनन् तर बलियो समुदायहरू निर्माण गर्न पनि महत्त्वपूर्ण योगदान दिन्छन्। केन्द्रीय बजेट २०२४-२५ मा घोषणा गरिएको प्रधानमन्त्री इन्टर्नशिप योजनासँगको सहकार्यमा, हामीले शिक्षा र उद्योग आवश्यकताहरू बीचको खाडललाई प्रभावकारी रूपमा कम गर्ने व्यावहारिक प्रशिक्षण अवसरहरू प्रदान गरेर हाम्रो प्रतिबद्धतालाई सुदृढ गर्दैछौं।यी केन्द्रित प्रयासहरू मार्फत हामी प्रत्येक नागरिकको‌ विकास‌ हुने विकसित भारत – एक विकसित र प्रगतिशील राष्ट्रको दृष्टि प्राप्त गर्न एक अभिन्न भूमिका खेल्न चाहन्छौं।”

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *