Breaking
Mon. Dec 23rd, 2024

डेलोइट इण्डियाले क्षेत्रीय व्यवसायमा उपभोक्ता प्रवृतिलाई उजागर गर्न इन्टरप्राइज ग्रोथ अवार्ड २०२४ सुरु गर्‍यो

डेलोइन इण्डियाले आफ्नो उद्यम वृद्धि अवार्ड २०२४ (ईजीए २०२४) को निम्ति आवेदन खुला गरेको छ। यो भारतको उत्तर, दक्षिण, पूर्व अनि पश्चिम क्षेत्रहरूमा उच्च प्रदर्शन गर्ने परिवारको स्वामित्व रहेको व्यवसायहरू, युनिकर्न अनि सुनिकर्नलाई लक्षित गर्दछ।

यस पहिलो संस्करणको उद्देश्य क्षेत्रीय कम्पनीहरूलाई बलियो नेतृत्व, नवीनता, र उनीहरूको स्थानीय अर्थतन्त्रमा पर्याप्त योगदानहरू प्रदर्शन गर्ने प्रकाश पार्नु हो। १,००० करोड़ रुपियाँदेखि ५,००० करोड़ रुपियाँ माझ वार्षिक कारोबार रहेको अनि २६ प्रतिशतको न्यूनतम वर्द्धक स्वामित्व भएका पारिवारिक स्वामित्वका व्यवसायहरू आवेदन दिन योग्य छन्। यसवाहेक ५०० मिलियन अमेरिकी डलरदेखि १ बिलियन अमेरिकी डलरमाझ मूल्य रहेको कम्पनीहरूलाई पनि स्टार्टअपमा सहभागी बन्नको निम्ति आमन्त्रित गरिएको छ। मूल्याङ्कनमा वित्तीय प्रदर्शन, सामुदायिक प्रभाव अनि नवीनतालाई सामेल गरिएको छ, जसमा मापदण्डको अंशको रूपमा तीन वर्षको वित्तीय समीक्षा हुनेछ।

डेलोइट इण्डियाका साझेदार अनि लीडर- डेलोइट प्राइवेट के. आर. सेकरले भने, पारिवारिक व्यवसाय अनि उदीयमान कम्पनीहरू भारतको अर्थव्यवस्थाको निम्ति आवश्यक छ। ईजीए २०२४ को माध्यमबाट हाम्रो लक्ष्य यी नेताहरूलाई धेरा आवश्यक मान्यता दिलाउनु रहेको छ, यसले रोजगार सिर्जना अनि क्षेत्रीय प्रगतिलाई बढ़ावा दिन्छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *