Breaking
Mon. Dec 23rd, 2024

TKM ले टोयोटा ग्लान्जाको ‘फेस्टिभल लिमिटेड संस्करण’ प्रस्तुत गरेको छ

चाडपर्वको भावनालाई सम्मान गर्दै टोयोटा किर्लोस्कर मोटरले आज टोयोटा ग्लान्जाको ‘फेस्टिभल लिमिटेड एडिसन’ ल्याएको घोषणा गरेको छ। ग्राहकहरूले अब विशेष डिलर-फिटेड टोयोटा जेनुइन एक्सेसरी (टीजीए) प्याकेजहरूको आनन्द लिन सक्नेछन्, जसलाई यस चाड पर्वको अवधि ग्लान्जाको परिष्कृत शैली, कार्यसम्पादन र आरामदायी बनाउन डिजाइन गरिएको छ। सन् २०१९ देखि आफ्नो उन्नत प्रविधि, स्लीक डिजाइन र उच्च इन्धन दक्षताका लागि प्रसिद्ध टोयोटा ग्लान्जाको लिमिटेड एडिशन ₹२०,५६७ मूल्यको १३ विशेष टीजीए प्याकेजद्वारा सुसज्जित छ। वाहनमा प्रिमियम क्रोम र ब्ल्याक बडी साइड मोल्डिङ, ब्याक डोर गार्निस क्रोम र ओआरभीएम गार्निस क्रोमजस्ता असाधारण तत्वहरू छन्। अतिरिक्त आकर्षणहरूमा थप आरामको लागि थ्रीडी फ्लोरम्याट, डोर भिजर प्रिमियम र नेक कुसन (ब्ल्याक एन्ड सिल्भर) समावेश छन्। टोयोटा ग्लान्जाको स्टाइलिस अपीललाई रियर बम्पर, क्रोम गार्निस, फेन्डरसितै अझ सम्वृद्ध गरिएको छ।

टोयोटा ग्लान्जाको फेस्टिभ लिमिटेड एडिशनको शुरूआतबारे टिप्पणी गर्दै टोयोटा किर्लोस्कर मोटरको सेल्स-सर्भिस-युज्ड कार बिजनेसका उपाध्यक्ष श्री सबरी मनोहरले भने, “टोयोटा ग्लान्जाको ‘फेस्टिभल लिमिटेड एडिसन’ को परिचय सहित यो चाडपर्वको मौसममा हाम्रा ग्राहकहरूलाई थप उत्साह प्रदान गर्नु हाम्रो उद्देश्य हो। सधैं यसको डायनामिक-स्पोर्टी डिजाइन, उन्नत सुविधाहरू र उत्कृष्ट प्रदर्शनको मिश्रणका लागी ग्लान्जालाई सराहना गरिएको छ, र यो लिमिटेड एडिशनसँग, हामी यसको अपीलमा अझ वृद्धि गरिरहेका छौं।

हामीले ग्लान्जाको भिजुअल अपीललाई मात्र नभई समग्र आराम र उपयोगितामा पनि वृद्धि सुनिश्चित गर्नका लागि विशेष ध्यान राखेका छौं, जसले प्रिमियम र परिष्कृत ड्राइभिङ अनुभव खोजिरहेका ग्राहकहरूका लागि यो एउटा आदर्श साथी बन्दछ। हामी गुणवत्ता र मूल्य प्रदान गर्नका निम्ति प्रतिबद्ध छौं जसले उत्पाद बिक्री पछि पनि असाधारण सेवाहरू उपलब्ध गराउनका निम्ति परिचित टोयोटाको प्रतिबद्धतालाई सुदृढ गर्दछ। हामी विश्वास गर्दछौं कि यो फेस्टिभल एडिशन हाम्रा ग्राहकहरूलाई धेरै मन पर्नेछ जसद्वारा उनीहरूको मनपर्ने टोयोटा मोडलको प्रदर्शन र प्रतिष्ठाको आनन्द लिँदै आफ्नै तरिकाले उत्सव मनाउने अवसर प्रदान गर्नेछ।” टोयोटाको सबैभन्दा सुलभ ह्याचब्याकको रूपमा, ग्लान्जा अनगिन्ती भारतीय परिवारहरूको सबैभन्दा रूचीकर छनोट बनेको छ। यी वर्षहरू अवधि, प्राविधिक ज्ञान भएका ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न यो वाहन निरन्तर रूपमा विकसित भएको छ र कुशल प्रदर्शन कायम गर्दै एक असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने धरोहर निर्माण गरिरहेको छ। सबै भेरियन्टहरूमा उपलब्धताको साथ, अब फेस्टिभल लिमिटेड एडिसनमा स्वामित्व अनुभवलाई शैली र सुविधाको उत्तम मिश्रणको साथ अझ परिष्कृत गरिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *