बजेट २०२४: भारतको अर्थतन्त्र र नवप्रवर्तनको लागि प्राविधिक छलांग

आर्थिक अवसर र शिक्षाको एउटा नयाँ युग नेशनल स्टक एक्सचेन्ज (एनएसई) का एमडी एंव सीईओ श्री आशिषकुमार चौहानले केन्द्रीय बजेट 2024 लाई लाखौं भारतीयहरूको लागि आशा र अवसरको रूपमा बताउँदै हर्ष व्यक्त गरेका छन्। चौहानको हार्दिक प्रशंसाले यस तथ्यलाई रेखांकित गर्दछ कि यस बजेटले कसरी देशभरि जनजीवनलाई नयाँ आकार दिने वाचा गरेको छ।

“यो बजेट गेम चेन्जर हो,” चौहानले रोजगारी सिर्जना र उद्यमशीलतामा यसको परिवर्तनकारी प्रभावमाथि प्रकाश पार्दै घोषणा गरे। रोजगार सृजनामा ​​निजी र सार्वजनिक दुवै क्षेत्रलाई एकीकृत गर्न बजेटको ध्यान उज्ज्वल आर्थिक भविष्यतर्फको निर्णायक कदमको रूपमा हेरिएको छ। चौहानले विशेष गरी एन्जिल ट्याक्समा राहत र मुद्रा ऋण योजनाको सीमालाई 10 लाख रूपियाँदेखि बढ़ाएर 20‌ लाख रूपियाँ गर्ने विषयलाई सराहना गरेका छन् जुन उपायहरूले असंख्यौं महत्वाकांक्षी उद्यमीहरूलाई सशक्त बनाउने छन्।

चौहानले बजेटमा कार्यबलमा महिलाको बढ्दो सहभागितामाथि ध्यानाकर्षण पनि गरे। यसले विशाल सम्भावनाहरूको द्वारलाई खोल्नेछ र भारतको जनसांख्यिक लाभांशलाई बलियो बनाउने छ भन्ने उनले विश्वास लिएका छन्। कौशल विकास, पूर्वाधार लगानी र राजकोषीय घाटालाई 4.9 प्रतिशतसम्म घटाएर बजेटले भारतको भविष्यका लागि एउटा आशाजनक मार्ग निर्धारित गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *