Breaking
Mon. Dec 23rd, 2024

हल्दर ग्रुपले एक शताब्दीको नवप्रवर्तनको साथ चामल र तेल उद्योगमा क्रान्ति ल्यायो

एक प्रमुख चामल र तेल उत्पादन कम्पनी हाल्दार समूहले सन् १९२४ मा भारतमा आफ्नो स्थापनाकालदेखि नै अग्रगामी सफलताको शताब्दी मनाइरहेको छ। दशकौंदेखि हाल्दर समूह भारत र बाहिरका धान उद्योगलाई उल्लेखनीय रूपमा प्रभाव पार्दै राष्ट्रको प्रगतिमा ठूलो योगदान गर्दै एक वैश्विक शक्तिको रूपमा विकसित भएको छ जसले भारत अनि भारत बाहिर चामल उद्योगलाई महत्वपूर्ण रूपमा प्रभावित गरेको छ। कम्पनीले आफ्नो विस्तारलाई फराकिलो बनाउने र खुद्रा परिदृश्यमा कदम चाल्ने योजना बनाएको छ जसको लक्ष्य आजका उपभोक्ताहरूको विकासशील आवश्यकताहरू पूरा गर्नु हो।

एउटै कारखानाबाट उत्पन्न, पश्चिम बंगालको बीरभूममा बी.सी. हाल्दार राइस मिलमार्फत हाल्दार समूहले घरेलू र अन्तरराष्ट्रिय बजारहरूमा आफ्नो पदचिह्नलाई विस्तार गरेको छ। कम्पनीले गत वर्ष घाना, बेनिन, क्यामरून र टोगो आदि चार नयाँ देशहरूमा सफलतापूर्वक विस्तार गर्यो, जसले यसको विश्वव्यापी पदचिह्नमा उल्लेखनीय वृद्धि गरेको छ। यो समूह ओडाना र ओमाना ब्राण्डहरूसितै प्रीमियम खाद्य तेलको निर्माता पनि हो र यसको बजार भारतको सम्पूर्ण पूर्वीय क्षेत्रमा विस्तार भएको छ।

हाल्दार समूहका प्रबन्ध, निदेशक एवं सीईओ केशव कुमार, हाल्दार भन्छन्, यो वर्ष हामी हाल्दार समूहका निम्ति असाधारण छ। यो उपलब्धिहरूको एउटा शताब्दी र आगामी १०० वर्षहरूका लागि एउटा साहसिक दृष्टिकोणको प्रतीक हो। सफलताको यो कोसेढुङ्गा स्थापित गर्ने क्रममा, म तपाईंहरूको विश्वास र समर्थनको लागि हाम्रा सबै मूल्यवान हितधारकहरूप्रति मेरो गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। गुणवत्ता र अनुशासनप्रति आफ्नो प्रतिबद्धताका साथ हामी भारतको विकास गाथालाई विस्तार गर्ने र आउने पाँढ़ीहरूको भलाईलाई अघि बढ़ाउने आकांक्षा राख्छौँ। फ हाल्दार समूहको शताब्दीले समृद्ध विरासत मात्र होइन, नवप्रवर्तन र उत्कृष्टताको अटल खोजीद्वारा चित्रित अग्रगामी सोचको पनि प्रतिनिधित्व गर्दछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *